News न्युजिल्याण्डः पूर्व राष्ट्रिय खेलाडी निरज र उनको क्लबबाट प्रशिक्षक अर्याललाई सहयोग
गोलनेपाल

काठमाडौं । हाल न्युजिल्याण्डमा रहेका नेपालका पूर्व यु–२३ तथा ए डिभिजन खेलाडी निरज बस्नेत र उनको त्यहाँको क्लब नेपाल युनाइटेड फुटबल क्ल्ब, क्राईस्टचर्चले ब्लड क्यान्सरले थलिएका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग गरेका छन् ।

निरजले न्युजिल्याण्डमा आफ्नो क्लबसँगको सहकार्यमा त्यहाँ रहेका सबै शुभेच्छुकहरुसँगबाट संकलित ९० हजार रुपैयाँ प्रशिक्षक प्रकाश अर्यालको उपचार सहयोगका लागि हस्तान्तरण गरिएको हो । मानवता र एउटा फुटबल खेलाडीको हैसियतले गोलनेपालको यो अभियानमा सहभागि प्रशिक्षक अर्याललाई सहयोग गर्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको निरजले बताए ।

गोलनेपालले शुरु गरेको ‘प्रशिक्षक प्रकाश अर्याल बचाऔं’ अभियानमा सहयोग गर्न चाहनुहुनेहरुको जानकारीका लागिः

प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।

प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577

A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH

 

Post Comments