News ल्याब स्कुल, एनपिएस, धरान र आयोजक एनपिएस (ए) को जित
गोलनेपाल

साँगा । नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी २९औं आइजिपी रनिङ कप अन्तर–विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगितामा ल्याब स्कुल, नेपाल पुलिस स्कुल धरान र आयोजक नेपाल पुलिस स्ुकल, साँगा (ए) ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

काभ्रे खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ल्याब स्कुलले काष्ठमण्डपलाई ८–३ को फराकिलो अन्तरले हरायो । खेलमा ल्याब स्कुलका विज्ञान खड्का म्यान अफ द म्याच घोषित भए ।

दिनको दोस्रो खेलमा नेपाल पुलिस स्कुल, धरानले जेम्स स्कुललाई ३–१ ले हरायो । खेलमा नेपाल पुलिस स्कुल, धरानका प्रवेश तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा आयोजक नेपाल पुलिस स्कुल, साँगा (ए) ले आरएमएस बनेपालाई शून्यका विरुद्ध ६ गोलको अन्तरले हरायो । खेलमा आयोजक नेपाल पुसिल स्कुल, साँगा (ए) का निश्चल मगर म्यान अफ द म्याच चुनिए ।

लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ वटा छात्र फुटबल टोलीहरुले सहभागिता जनाएका छन् ।

 

Post Comments