काभ्रे । यहाँ जारी २९औं आईजिपी रनिङ कप राष्ट्रिय अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा स्प्रिङ हिल नाला, बुढानिलकण्ठ स्कुल र सैनिक आवासिय महाविद्यालयले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
काभ्रे खेलमैदानमा भएको दिनको पहिलो खेलमा स्प्रिङ हिलले एनपिएस सामाखुशीलाई २–१ ले हरायो । खेलमा स्प्रिङ हिलका राज थापा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा बुढानिलकण्ठले जेम्स विरुद्ध शून्यका विरुद्ध ४ गोलको सहज जित हात पार्यो । खेलमा बुढानिलकण्ठका आयुष पौडेल म्यान अफ द म्याच चुनिए ।
तेस्रो खेलमा सैनिक आवासियले एपिएफमाथि ३–१ को प्रभावशाली जित दर्ता गर्यो । खेलमा सैनिक आवासीयका किशन थापा म्यान अफ द म्याच घोषित भए ।
नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ टोलीहरुले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न