News स्प्रिङ हिल, बुढानिलकण्ठ र सैनिक आवासियको जित
गोलनेपाल

काभ्रे । यहाँ जारी २९औं आईजिपी रनिङ कप राष्ट्रिय अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा स्प्रिङ हिल नाला, बुढानिलकण्ठ स्कुल र सैनिक आवासिय महाविद्यालयले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

काभ्रे खेलमैदानमा भएको दिनको पहिलो खेलमा स्प्रिङ हिलले एनपिएस सामाखुशीलाई २–१ ले हरायो । खेलमा स्प्रिङ हिलका राज थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बुढानिलकण्ठले जेम्स विरुद्ध शून्यका विरुद्ध ४ गोलको सहज जित हात पार्यो । खेलमा बुढानिलकण्ठका आयुष पौडेल म्यान अफ द म्याच चुनिए ।

तेस्रो खेलमा सैनिक आवासियले एपिएफमाथि ३–१ को प्रभावशाली जित दर्ता गर्यो । खेलमा सैनिक आवासीयका किशन थापा म्यान अफ द म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ टोलीहरुले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments