News फेका कपः ब्रम्हकुञ्ज, कोटदेवी र गेट्वेको जित
गोलनेपाल

काठमाडौं । ब्रम्हकुञ्ज शिक्षा सदनले यहाँ जारी १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगितामा ब्रम्हकुञ्जले गोठाटारलाई १–० को झीनो गोलअन्तरले पराजित गर्यो । विजयी टिमका सिद्धार्थ कर्माचार्य ‘म्यान अफ द म्याच’ घोषित भए ।

मूलपानीमा भइरहेको प्रतियोगितामा कोटदेवी पब्लिकले डेन्सलाई २–० तथा गेट्वे एकेडेमीले शिक्षालय नेपालीलाई ९–० ले हरायो । कोटदेवीका शुभम् आचार्य तथा गेट्वेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ चुनिए ।

Post Comments