News
इण्डियन वुमन्स लिग शुरु, अन्जिलाको सेथुसँग रोकियो डिफेन्डिङ च्याम्पियन केरला
काठमाडौं (एजेन्सी) । शुक्रबारदेखि शुरु भएको भारतीय महिला फुटबलको शिर्ष लिग इण्डियन वुमन्स लिगमा डिफेन्डिङ च्याम्पियन गोकुलम केरला नेपाली चेली अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको पूर्व विजेता सेथु फुटबल क्लबसँग रोकिएको छ ।
केरला कै घरेलु मैदान इएमएस कर्पोरेशन स्टेडियममा भएको उद्घाटन खेलमा सेथुले केरलालाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । खेलमा सेथुकी गोलरक्षक तथा कप्तान अन्जिलाको प्रदर्शन प्रशंसनीय रह्यो र अन्जिला प्लेयर अफ द म्याच पनि चुनिईन् ।
लिगमा यसपटक नेपालका ६ खेलाडीहरुलाई सहभागिता जनाईरहेका छन् । सेथु मै अन्जिला बाहेक गीता राना पनि छिन् । गीताले पनि शुक्रबार पहिलो रोजाई मै रहेर खेलिन् । त्यस्तै किकस्टार्टमा प्रिती राई र दिपा शाही छिन् भने ओडिसामा रश्मी घिसिङ र अमृता जैशी ओडिसामा आवद्ध छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल