News मकवानपुर जिल्ला लिग छनौटः दि रिभाईबल क्लबसँगै खेलाडी र पदाधिकारीहरुलाई प्रतिवन्ध (पत्रसहित)
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी मकवानपुर जिल्ला छनौट अन्तरगत नियम विपरितको अनुशासनहिन कार्य गरेको भन्दै प्रतियोगितामा सहभागिता जनाएको दि रिभाईबल क्लब र त्यसका खेलाडी र पदाधिकारीहरुलाई कारवाही गरिएको छ ।

आयोजकका अनुसार छनौट प्रतियोगिता अन्तरगत यही मंसिर २५ गते भएको पञ्चशिल युवा क्लब र दि रिभाईबल क्लबबीचको खेल समाप्ती पश्चात् दि रिभाईबलका केही खेलाडी तथा पदाधिकारीहरुले रेफ्रीमाथि हातपातसहित अभद्र व्यवहार गरेका थिए ।

सोही घट्नापछि आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले दि रिभाईबल क्लबसहित क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई कारवाही गरिएको कुरा फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार दि रिभाईबल क्लबलाई एन्फा मातहत आयोजना हुने तथा एन्फा रेफ्री आवद्ध रहेको कुनै प्रतियोगितामा ३ वर्षसम्म सहभागिता जनाउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।

त्यस्तै दि रिभाईबल क्लबका कप्तान तथा गोलरक्षक अनिल लो लाई २ वर्ष, खेलाडी सुनिल खड्गीलाई ३ वर्ष तथा क्लबका टिम म्यानेजर कृष्ण बहादुर खत्रीलाई ३ वर्ष प्रतिवन्ध लगाइएको छ ।

त्यसैगरी सो घ्टनामा दि रिभाईबल क्लबको समर्थकको रुपमा उपस्थित भई हातपात र अभद्र व्यवहारमा उत्रिएका ओम गुरुङ (कृष्ण) लाई पनि एक वर्षको प्रतिवन्ध लगाइएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

 

Post Comments