News धरान एफसी एन्फा प्रेसिडेन्ट कपको क्वाटरफाइनलमा
गोलनेपाल

धरान । घरेलु टोली धरान फुटबल क्लब यहाँ जारी एन्फा प्रेसिडेन्ट कप यु–१५ नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ धरानले उर्लाबारी नगरपालिका, मोरङलाई ५–२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलमा धरानका लागि प्रिस लिम्बुले दुई गोल गरे । त्यस्तै सुमन बिक, अयुप लिम्बु र नविन खत्रीले थप एक–एक गोल गरे । उता पराजित उर्लाबारीका लागि दुवै गोल भुपेश धिमालले गरे ।

खेलमा धरानका एलिन थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुष १ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल राष्ट्रिय जागृति क्लब, सुनसरी र झापा नेशनल एकेडेमी, झापाबीच हुने आयोजकले जानकारी दियो ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुष ६ गतेका दिन हुनेछ ।

Post Comments