News प्रथम ल्होसार कप यसै सातादेखि
गोलनेपाल

कालिका । गैरिबारी फुटबल एकेडेमी, कालिका–८, चितवनको आयोजनामा यही पुष ७ देखि १४ गतेसम्म प्रथम ल्होसार कप सेभेन ए साईड खुला तथा यु–१४ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गैरिबारी आर्मी क्याम्पको खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

त्यसैगरी सोही अवसरमा यु–१४ सेभेन ए साईड फुटबल प्रतियोगिता पनि आयोजना गरिने प्रतियोगिता संयोजक सुरज गुरुङले जानकारी दिए । यु–१४ तर्फ टिमदर्ता शुल्क १५०० तोकिएको छ ।

साथै प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजार प्राप्त गर्नेछ । यु–१४ प्रतियोगितामा सहभागिता जनाउने टिमका खेलाडीहरुको जन्ममिति २०६६ साल पछि हुनुपर्ने पनि आयोजकले जानकारी दियो ।

युवा खेलाडीहरुलाई फुटबल खेलतर्फ आकर्षित गर्ने उद्देश्यका साथ आउँदै गरेको गुरुङ समुदायहरुको महान पर्व तमु ल्होसार (पुष १५) को अवसर पारी प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सुरज गुरुङले बताए ।

Post Comments