News
सुपर लिगमा आजः धनगढी र काठमाडौंको भिडन्त
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार हुने एक मात्र खेलमा साविक विजेता काठमाडौं रेजर्सले लिगलिडर धनगढी एफसीको सामना गर्दैछ । दुवै टोलीको लक्ष्य निश्चित जित र शिर्षता कै होडमा रहने पनि हुनेछ ।
लिगतालिकामा हाल ५ खेलबाट ११ अंकका साथ शिर्ष स्थानमा रहेको धनगढीलाई आज त्यो शिर्ष स्थानमा थप स्पष्ट अग्रता बनाउने अवसर पनि हुनेछ । उता ८ अंकका साथ चौथो स्थानमा रहेको काठमाडौंको ध्यान पनि शिर्ष चारसँगै शिर्षता कै होडमा पनि हुनेछ ।
काठमाडौं र धनगढी बीचको खेल बेलुका ६ बजेदेखि दशरथ रंगशालामा शुरु हुनेछ । त्रिभुवन विश्व विद्यालयको दिक्षान्त समारोह रहेकाले उक्त कार्यक्रम समापन भएपछि काठमाडौं र धनगढीबीचको खेल शुरु हुने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै