News अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै
सुरज राना मगर

घोराही । न्यु स्टार फुटबल एकेडेमी, घोराही–१०, दाङको आयोजनामा यही पुस १० गतेदेखि अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । बेलझुन्डी रंगशालामा हुने प्रतियोगिताको यही पुस ९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ ।

प्रतियोगितामा १० कक्षा मूनि अध्ययन गर्ने छात्र फुटबल टोलीहरुले मात्र सहभागिता जनाउन पाउने पनि प्रतियोगिता खुम ओलीले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक खुम ओलीले बताए ।

Post Comments