News २९औं आइजिपी ट्रफीको सेमिफाइनल समिकरण पुरा
गोलनेपाल

सागाँ । नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको क्वाटरफाइनल खेलहरुमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबरोटरी स्कुल र सैनिक आवसिय महाविधालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन ।

 हिजो भएको पहिलो खेलमा एनपिएस सागाँ ‘ए’ ले बुढानिलकण्ठ स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक टिमको पदम चौलागाई र प्रत्युस केसीले समान १-१ गोल गरे। अलराउण्ड पदर्शन गरेका प्रत्युस केसी म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा एनपिएस धरानले काठमाण्डौ विश्वविधालय हाई स्कुललाई ७-० को बिशाल गोल अन्तरले हरायो। धरानका रोमन खड्का म्यान अफ द म्याच घोषित भए ।

आजको खेलमा ल्याबरोटरि स्कुल किर्तिपुरले र नेपाल एपिएफ स्कुललाई ४-१ को गोल अन्तरले पाखा लगायो । ल्याबरोटरिको लागी म्यान अफ दि म्याच विज्ञान खड्काले एक्लैले ४ गोल गरे । एपिएफका लागी गौरव श्रेष्ठले सानत्वना गोल गरे। दोस्रो खेलमा नेपाल पुलिस स्कुल सागाँ ‘बि’ ले र सैनिक आवसिय महाविधालय सँग ३-० ले पराजित भयो । खेलको पहिलो हाफ सम्म बराबरीमा रहेको खेल दोस्रो हाफमा पुलिस स्कुल समालिन नसक्दा हार बेहोर्न वाध्य भयो । विजयि टिमका रोहित पौडेल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको सेमिफाइनल खेलहरु पर्सि पुष ४ गते हुनेछन । जसमा नेपाल पुलिस स्कुल धरानले ल्याबरोटरि स्कुलको र नेपाल पुलिस स्कुल सागाँ ‘ए’ ले सैनिक आवसिय महाविधालयको सामना गर्नेछ ।

मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता समापन पुस ६ गते नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा हुनेछ । १६ विधालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments