News नव प्रवेशी इलामको सुखद समापन
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नव प्रवेशी टोली स्र्पोटिङ इलाम एफसीले अपेक्षाकृत प्रदर्शन गर्न नसके तापनि लिगको आफ्नो पहिलो सिजन भने सुखद रुपमा समापन गरेको छ ।

लिगको आफ्नो अन्तिम खेलमा इलामले मंगलबार ललितपुर सिटी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सिजनको समापन सुखद रुपमा गर्यो । दशरथ रंगशालामा भएको खेलमा इलामका लागि ५९औं मिनटमा फोडे कमाराले गरेको मात्र गोल निर्णायक गोल बन्यो ।

खेलमा इलामका कप्तान तथा गोलरक्षक बिकेश कुथु प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत ३० हजार र ट्रफी हात पारे । यो नतिजापछि लिगमा ८ खेलबाट ८ अंक जोडेको इलाम तत्कालका लागि पाँचौं स्थानमा उक्लिदै सिजनको समापन गर्न सफल भयो ।

उता पराजित ललितपुर भने ७ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । हार बेहोरे पनि ललितपुरको प्ले अफ खेल्ने सम्भावना कायमसँगै बलियो पनि छ ।

Post Comments