News लिगलिडर बन्यो पोखरा थन्डर्स
गोलनेपाल

काठमाडौं । यस सिजन उत्कृष्ट लयमा देखिएको पोखरा थन्डर्स जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) को लिगलिडर बन्न सफल भएको छ । मंगलबार भएको दोस्रो खेलमा पोखराले बुटवल लुम्बिनी एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लिग टपर बन्न सफल भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा जितका लागि भने पोखराले अन्तिमसम्म संघर्ष गर्नुपर्यो । खेलको इन्जुरी समयमा मोसेज ट्वुमले गरेको एक मात्र गोल पोखरालाई तीन अंक दिलाउन निर्णायक बन्यो । खेलमा पोखराका आयुष घलान प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो जितपछि ७ खेलबाट १४ अंक जोडेको पोखराले धनगढीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । उता पराजित भएको बुटवल ७ अंकका साथ सातौं स्थानमा झरेको छ ।

Post Comments