News प्रशिक्षक अर्याललाई फुटबल खेलाडी संघको सहयोग
गोलनेपाल

काठमाडौं । ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचारका लागि फुटबल खेलाडी संघले पनि आर्थिक सहयोग गरेको छ ।

हाल नेपाल सुपर लिग खेलिरहेका क्लब, खेलाडी, अफिसियल तथा अन्य फुटबल खेलाडीहरुको सहयोगमा प्रशिक्षक अर्याललाई संघले नगद २ लाख १५ हजार आर्थिक सहयोग गरेको हो ।

खेलाडी संघका अध्यक्ष समेत रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु बिक्रम लामासहित बिकेश कुथु र बिराज महर्जनले प्रशिक्षक अर्यालसँग भेटघाट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

फुटबल खेलाडी संघले फुटबल खेलाडीहरुका लागि मात्र नभई आवश्यक पर्दा फुटबल खेलकर्मी सबैलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेर प्रशिक्षक अर्याललाई आफूहरुले सकेको सहयोग गरेको संघका अध्यक्ष लामाले बताए ।

साथै उनले सबैलाई प्रशिक्षक अर्याल बचाउ अभियानमा सहभागी भई सहयोग जुटाउन अपिल समेत गरे । भेटघाट कै अवसरमा बिक्रमसहित बिकेश र बिराजले प्रशिक्षक अर्यालको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरे ।

प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।

प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577

A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments