News धनगढीलाई शिर्षता, झापालाई शिर्ष चारको अवसर
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आज दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने एक मात्र खेलमा धनगढी फुटबल क्लब र नवप्रवेशी टोली झापा फुटबल क्लब आमने सामने हुँदैछन् ।

लिगतालिकामा ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको धनगढीलाई आज फेरि शिर्ष स्थानमा उक्लिने अवसर छ । हाल शिर्ष स्थानमा १४ अंकका साथ पोखरा थन्डर्स रहेको छ ।

उता ६ खेलबाट ७ अंकका साथ छैठौं स्थानमा रहेको झापासँग प्ले अफका लागि आज अन्तिम विकल्प निश्चित जित रहेको छ । झापाले शिर्ष चारको होडमा रहन आज निश्चित जित निकाल्नु पर्नेछ ।

त्यसैले पनि आज हुने धनगढी र झापा बीचको खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

Post Comments