फुङलिङ । साँघुरो जितका साथ पाँचथर फुटबल क्लब, पाँचथर यहाँ जारी प्रथम कञ्चनजंघा सेसेलुङ्ग गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा जलथल फुटबल क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । भानुजन माविको खेलमैदानमा भएको खेलमा दिनेश शेर्माले ३६औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
खेलमा पाँचथरका बसन्त ओझा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुस ६ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र आठराई गाउँपालिका, तेह्रथुम बीच हुने आयोजकले जानकारी दियो ।
चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ११ गतेका दिन हुनेछ ।



- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई