News आयोजक नेपाल पुलिस स्कुललाई तेस्रो स्थान
गोलनेपाल

साँगा । यहाँ जारी २९औं आइजिपी रनिङ ट्रफी अन्तर–विद्यालय छात्र फुटबल प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल, साँगा (ए) ले तेस्रो स्थान हासिल गरेको छ ।

बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस स्कुलले नेपाल पुलिस स्कुल, धरानलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । खेलमा विजयी टोलीका प्रशान्त मोक्तान म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै आयोजक नेपाल पुलिस स्कुल, साँगा (ए) ले ३० हजार नगद पुरस्कार पनि सुरक्षित गरेको छ । प्रतियोगिताको फाइनल खेल भने शुक्रबार हुँदैछ । उपाधिका लागि सैनिक आवासीय महाविद्यालय र एनआरटी ल्याब एकेडेमी भिड्ने छन् ।

नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments