News
प्ले अफ पुग्ने थप दुई टोलीको टुंगो आज लाग्दै
काठमाडौं । जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार बुटवल लुम्बिनी एफसी र बिरगंज युनाइटेड तथा ललितपुर सिटी र काठमाडौं रेजर्स बीचको खेलहरुबाट प्ले अफमा पुग्ने थप दुई टोलीहरुको टुंगो लाग्नेछ ।
लिगको शिर्ष दुई स्थानमा रहेका क्रमशः पोखरा थन्डर्स र धनगढी फुटबल क्लबले प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै समान १०–१० अंक जोडेका ललितपुर र झापा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । झापाले शुक्रबार नै लिग चरणको आफ्नो अन्तिम खेल खेलिसकेका छ, र प्ले अफमा स्थान बनाउन झापाली टोलीलाई आज हुने खेलहरुको नतिजा पर्खनु पर्नेछ ।
त्यसैगरी ९ अंकका साथ छैठौं स्थानमा रहेको काठमाडौं र ८ अंकका साथ सातौं स्थानमा रहेको बिरगंजलाई प्ले अफमा स्थान बनाउन निश्चित जित चाहिने छ उता ७ अंकका साथ पुछारमा रहेको बुटवलको पनि प्ले अफ खेल्ने झिनो सम्भावना कायम छ । ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न