फुटबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्यले सुरु भएको ‘पिएफसी इमर्जिङ कप’को दोस्रो संस्करणमा वाल्मिकी शिक्षा सदन र पारिजात इंलिस बोर्डिङ्ग स्कुलले विजयी शुरुवात गरेका छन् ।
शनिबार भरतपुर– १४ को सुन्दरवस्ती खेलमैदानमा भएको खेलमा वाल्मिकी शिक्षा सदनले ४–० ले राष्ट्रिय माध्यमिक विद्यालय सोसीलाई पराजित गर्दा पारिजात इंलिस बोर्डिङ्ग स्कुलले ३–० ले बालकुमारी इंलिस बोर्डिङ्ग स्कुललाई पराजित गरेको थियो । शिक्षासंगै खेलकुद भन्ने नारा सहित चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगीतामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरु सहभागी छन्।
आइतबार माडी सेकेन्डरी स्कुलसंग सैनिक आवसिय स्कुल र सोमेश्वर सेकेन्डरी स्कुल संग सोनम जीवी एकेडेमी भिड्ने छन् । क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो। उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यवसायिक बनाउनका लागि नियमित रुपमा प्रतियोगिता आयोजना गरेका हौं।’ क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामाग्री, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ। प्रतियोगिता १५ पुषमा सकिने छ। ०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिमसहित विद्यालयमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन