News क्यान्सरबाट पिडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग
गोलनेपाल

ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार नगद हस्तान्तरण गरेको हो ।

क्लबका तर्फ बाट अध्यक्ष किरन थापाले गो फन्ड मार्फत रकम सन्कलन गरेका थिए।

सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई नै आर्थिक सहयोग हस्तान्तरण गरेको हो । मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टिमसमेत हेरिसकेका छन् ।

नेपाली फुटबलका चर्चित अनुहार चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन् ।

“सांग्रिला परिवारले प्रशिक्षक प्रकाश अर्याल ज्युले योगदानको कदर गर्दै हामीले सानो सहयोग गर्ने प्रयास गरेका हौ,” सहयोग हस्तान्तरणपछि बस्नेतले भने । प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए ।

“एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ । उहाहरूको सहयोगमा धन्यवाद दिन म संग शब्द नै छैन । यो रोगलाई जितेर चाडोभन्दा चाडो मैदान फर्कन पाउ भन्ने चाहना छ । तपाईहरूको सहयोगप्रती सबैलाई धन्यवाद दिन चाहन्छु,” सहयोग कार्यक्रममा अर्यालले भने ।

अर्याललाई यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेको थियो ।

Post Comments