News
काठमाडौं भर्सेज ललितपुरः फेरि भ्याली डर्बी
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लिग चरणको अन्तिम खेलमा भिडेका काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब बीचको ‘भ्याली डर्बी’ भिडन्त मंगलबार फेरि हुँदैछ ।
दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने काठमाडौं र ललितपुर बीचको यो भिडन्त यसपटक लिग नभई नकआउट हुनेछ । अर्थात, आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।
लिग चरणको अन्तिम खेलमा यी दुई टोली भिड्दा काठमाडौंले ललितपुरमाथि १–० को सनसनीपुर्ण जित निकालेको थियो । आज त्यही हारको बदला लिने अवसर पनि ललितपुरलाई हुनेछ ।
साथै आजको खेलमा जित हात पार्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरतर्फ पोखरा थन्डर्ससँग खेल्नेछ भने फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो पनि लाग्नेछ । धनगढीले भने यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न