News काठमाडौं भर्सेज ललितपुरः फेरि भ्याली डर्बी
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लिग चरणको अन्तिम खेलमा भिडेका काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब बीचको ‘भ्याली डर्बी’ भिडन्त मंगलबार फेरि हुँदैछ ।

दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने काठमाडौं र ललितपुर बीचको यो भिडन्त यसपटक लिग नभई नकआउट हुनेछ । अर्थात, आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

लिग चरणको अन्तिम खेलमा यी दुई टोली भिड्दा काठमाडौंले ललितपुरमाथि १–० को सनसनीपुर्ण जित निकालेको थियो । आज त्यही हारको बदला लिने अवसर पनि ललितपुरलाई हुनेछ ।

साथै आजको खेलमा जित हात पार्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरतर्फ पोखरा थन्डर्ससँग खेल्नेछ भने फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो पनि लाग्नेछ । धनगढीले भने यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments