News टिवाइसी फालेलुङ र मगर संघ झापालाई सफलता
गोलनेपाल

फिदिम । यहाँ जारी तेस्रो चासोक तङनाम कप महिला फुटबल प्रतियोगितातर्फ टिवाइसी फालेलुङ फुटबल क्लब र मगर संघ झापा फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा टिवाइसीले इलाम फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा टिवाइसीका लागि प्रतिक्षा केरुङ र सोनम राईले गोल गरे । सोनम राई प्लेयर अफ द म्याच पनि बनिन् ।

दोस्रो खेलमा मगर संघ झापाले युनाइटेड फुल्पामाथि ४–० को एकतर्फी जित निकाल्यो । मगर संघ झापाका लागि पुजा लिम्बु र मनिका घलेले गोल गरे । मनिका घले खेलको प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १३ गतेका दिन हुनेछ ।

Post Comments