News चासोक तङनाम कपः युनाइटेड फुल्पा र वानेम स्टारलाई उपाधि
गोलनेपाल

फिदिम । यहाँ सम्पन्न वाइवाइ तेस्रो चासोक तङनाम कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ युनाइटेड फुल्पा र महिलातर्फ वानेम स्टारले उपाधि जितेका छन् ।

फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको पुरुषतर्फको फाइनल भिडन्तमा युनाइटेड फुल्पाले सन्दकपुर एफसीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । युनाइटेड फुल्पाका लागि अभिषेक लिम्बु र संजय धिमालले गोल गरे । पराजित सन्दकपुरका लागि भने सुगम खाजुमले गोल गरेका थिए ।

विजेता बनेको युनाइटेड फुल्पाले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता सन्दकपुरले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यसैगरी महिलातर्फको फाइनलमा वानेम स्टारले पारुहाङ एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भयो । वानेम स्टारका लागि एमा राईले एक मात्र निर्णायक गोल गरिन् । राई नै फाइनल खेलको प्लेयर अफ द म्याच बनिन् ।

विजेता बनेको वानेम स्टारले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता पारुहाङले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ कुल १६ र महिलातर्फ ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments