News
प्रथम अल्टिच्युड कप यु–१८ फुटबल प्रतियोगिता हुने
काठमाडौं । अल्टिच्युड स्पोर्टस कोचिङ सेन्टरको आयोजनामा आउँदो माघ १ गतेदेखि प्रथम अल्टिच्युड कप यु–१८ फाईभ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
ललितपुर स्थित वाखट मैदान सुनाकोठीमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।
साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५००० हात पार्नेछ भने उपविजेताले १०००० सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यसवाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडहिरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन