News साहुखललाई राष्ट्रिय यु–१९ महिला फुटबल टोलीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलका युवा प्रशिक्षक बालगोपाल साहुखलले नेपालको राष्ट्रिय–१९ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले प्रशिक्षक साहुखललाई एक कार्यक्रमका बीच बुधबार नियुक्तिपत्र समेत हस्तान्तरण गरेका छन् ।

त्यस्तै टोलीको सहायक प्रशिक्षकहरुमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी गंगा गुरुङ्गसँगै श्याम सुन्दर सिंहलाई नियुक्त गरिएको छ । गोलकिपिङ प्रशिक्षकमा भने सैलेश कर्माचार्य नियुक्त भएका छन् । नेपालको घरेलु फुटबलमा यी चारै जना चल्तीका नामहरु पनि हुन् ।

अब साहुखल कै जिम्मेवारीमा नेपालको यु–१९ महिला फुटबल टोलीले बंगलादेशको ढाकामा आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने छ् । प्रतियोगितामा नेपालसँगै भारत, भुटान र आयोजक बंगलादेशले सहभागिता जनाएका छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिगचरणको खेल पश्चात् शिर्ष दुई स्थानका टोली फाइनलमा प्रवेश गर्नेछन् । आयोजक बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । बंगलादेशले गत संस्करणमा नेपाललाई हराउँदै तेस्रोपटक उपाधि उचालेको थियो ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ftheanfaofficial%2Fposts%2Fpfbid02WsuAtPX7Wr6QA696aueKTXFaEJfBFs8QGTp7xxdfWHdzvUbJanqfbmVcLzNrGGSBl&show_text=true&width=500" width="500" height="250" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments