News अमुवा र न्यु सिर्जना सेमिफाइनलमा
सुरज राना मगर

टिकुलीगढ । अमुवा फुटबल क्लब, अमुवा र न्यु सिजृना युथ क्लब, करौजिया यहाँ जारी स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा आइतबार भएको तेस्रो क्वाटरफाइनलमा अमुवाले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । अमुवाका लागि दुवै गोल आशिष रानाले गरे । राना नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा न्यु सिर्जनाले राधाकृष्ण फुटबल क्लबलाई २–१ ले हरायो । न्यु सिर्जनाका लागि बिशाल सुनार र प्रवेश क्षेत्रीले गोल गरे । पराजित राधाकृष्णका लागि सोवित बुढाथोकीले गोल गरे । खेलमा राधाकृष्णका सोवित बुढाथोकी म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस २३ गते सोमबार हुने पहिलो सेमिफाइनलमा पिसीसी, भलवारी र अमुवा एफसी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा न्यु सिर्जना युथ क्लब र न्यु राईज युथ क्लब भिड्ने खेल संयोजक बिनोद गुरुङले जानकारी दिए ।

नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments