News छैठौं आङ्गबुरा कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धर्मदेवी । न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा यही पुस २६ गतेदेखि शुरु हुन गईरहेको छैठौं आङ्गबुरा कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पुस २६ गतेका दिन धर्मदेवी युवा क्लब र पञ्चकन्या युवा क्लब भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष फणिन्द्र जिमीले बताए । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष जिमीले ज ानकारी दिए ।

Post Comments