News अमुवा र न्यु सिर्जना उपाधिका लागि भिड्ने
सुरज राना मगर

टिकुलीगढ । अमुवा फुटबल क्लब, अमुवा र न्यु सिर्जना युथ क्लब, करौजिया यहाँ जारी स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कपको फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई सेमिफाइनल खेलहरु सम्पन्न भए । टिकुलीगढ माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा अमुवाले पिसीसी, भलवारीलाई ३–१ ले हरायो ।

अमुवाको जितमा आशिष रानाले दुई गोल गरे भने थप एक गोल सुजन रानाले गरे । पराजित पिसीसीका लागि अंकित रास्कोटीले गोल गरेका थिए । खेलमा अमुवाका अनुप थापा मगर म्यान अफ द म्याच चुनिए ।

दोस्रो सेमिफाइनलमा न्यु सिर्जनाले दावेदार मानिएको न्यु राईज क्लब, बभनीलाई शून्यका विरु४ २ गोलले हरायो । न्यु सिर्जनाको जितमा दुवै गोल कप्तान प्रवेश क्षेत्रीले गरे । क्षेत्री नै खेलको म्यान अफ द म्याच चुनिए ।

फाइनल खेल यही पुस २५ गते बुधबार अमुवा र न्यु सिर्जना बीच हुने खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments