काठमाडौं । आउँदो साफ यु–१९ महिला च्याम्पियनसिपलाई लक्षित गरी नेपाल यु–१९ महिला फुटबल टोलीको टिम व्यवस्थापकमा इन्दु दुवाल नियुक्त भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एनफा) का महासचिव किरन राईले दुवाललाई नियुक्तीपत्र हस्तान्तरण समेत गरेका छन् ।
स्मरण रहोस, नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोली हाल बन्द प्रशिक्षणमा व्यस्त छ । यद्यपि टोलीको फाइनल स्क्वाड घोषणा हुन भने बाँकी नै छ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल छन् । साहुखल कै नेतृत्वमा नेपालले यसै वर्ष हुने साफ यु–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।
साफ यु–१९ महिला च्याम्पिनयसिपमा आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुँदैछ । यसपटक प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोलीहरुले मात्र सहभागिता जनाउँदैछन् । आयोजक बंगलादेश प्रतियोगिताको साविक विजेता हो भने नेपाल उपविजेता समेत हो ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान