News एकता युवा क्लब फाइनलमा
सुरज राना मगर

सैनामैना । रोमाञ्चक जितका साथ एकता युवा क्लब रुपन्देहीमा जारी लियो बिक्रम स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा एकताले जनप्रिय युवा क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

एकताको जितमा खेलको ३६औं मिनटमा जमिर मियाँले पहिलो गोल गरे । त्यस्तै ५४औं मिनटमा सुरज घलानले एकताको त्यो अग्रता दोब्बर पारे । यद्यपि त्यसको चार मिनट लगतै जनप्रियका लागि अनुज गैरेले गोल गरे तापनि टोलीको हार भने टरेन ।

खेलको म्यान अफ द म्याच एकता कै सुरज घलान घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र ३ गते सोमबारको दोस्रो सेमिफाइनल खेल फुलबारी गाईज र भैरव एफसी बीच हुने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

लियो क्लब सालझण्डी, सैनामैना रुपन्देहीको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १, ०११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका उपाध्यक्ष रेजिन श्रेष्ठले बताए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दई टोलीलाई पनि जनही ११–११ हजार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

 

Post Comments