News गार्डेन कप फुटसल माघ १२ र १३ गते
गोलनेपाल

पोखरा । गार्डेन युवा क्लब, पोखरा–११, कास्कीको आयोजनामा आउँदो माघ १२ र १३ गतेका दिन गार्डेन कप सिक्स ए साईड भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।

रानीपौवा स्थित रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको माघ १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० तोकिएको छ । प्रतियोगितामा सहभागिता जनाउने सबै खेलाडीहरुको उमेर ३५ वर्ष माथि हुनुपर्नेछ । त्यसमध्ये दुई खेलाडीको उमेर ४० वर्ष माथि हुनुपर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,००० हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गर्नेछ भने अन्य विधातर्फका खेलाडीहरुलाई जनही ५–५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक योगेश गुरुङ्गले जानकारी दिए ।

 

Post Comments