News बेलबारीलाई मेयर कपको उपाधि
गोलनेपाल

मोरङ । सुनवर्षी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम सुनवर्षी मेयर कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिका (बी) ले जित्न सफल भएको छ । फाइनल खेलमा बेलबारीले कानेपोखरी गाउँपालिकालाई २–० ले हराउँदै उपाधी जित्न सफल भएको हो ।

बेलबारीको जितमा खेलको २९औं मिनटमा काशिम राईले पहिलो गोल गरे भने त्यसको ६ मिनट लगतै मौसम लिम्बुले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

विजेता बनेको बेलबरीले १ लाख २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भनी उपविजेता कानेपोखरीले ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

सुनबर्षी नगरपालिकाको आर्थिक सहयोगमा फागुन १६ गतेदेखि प्रतियोगिताको विजयी खेलाडीहरुलाई पुर्व सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले एक कार्यक्रमका बीच पुरस्कृत गरेका थिए ।

Post Comments