काठमाडौं (एजेन्सी) । प्रतिष्ठित एएफसी एसियन कपतर्फ पूर्व विजेता अष्ट्रेलिया लगातार दोस्रो जितका साथ आफ्नो समूहबाट नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी मा रहेको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा सिरियामाथि १–० को जित निकाल्यो ।
पहिलो खेलमा भारतलाई २–० ले हराएको अष्ट्रेलिया ६ अंकका साथ समुह बी को शिर्ष स्थानमा छ । र, नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । समूह बी कै अर्को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० ले हराउँदै पहिलो जित दर्ता गर्यो ।
समूह बी मा दूई खेल पश्चात् अष्ट्रेलियापछि ४ अंकका साथ उज्वेकिस्तान दोस्रो स्थानमा छ । १ अंक जोडेको सिरिया तेस्रो स्थानमा रहँदा अंकविहीन भारत पुछारमा छ । , र भारतको सम्भावना लगभग समाप्त भएको छ ।
समूह बी तर्फको अन्तिम खेलहरुमा २३ जनवरीका दिन अष्ट्रेलियाले उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन सिरिया र भारत पनि भिड्ने छन् ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट