चौबिसे । यहाँ सम्पन्न पाँचौं चौबिसे रनिङ कप यु–२३ अन्तर वडास्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ राजारानीले जितेको छ । फाइनलमा वडा नम्बर १ बुधबारेलाई टाईब्रेकरमा ४–३ ले हराउँदै वडा नम्बर ६ रानारानी च्याम्पियन बनेको हो ।
विजेता बनेको वडा नम्बर ६ राजारानीले उपाधिसहित नगद ७० हजार हात पार्यो भने उपविजेता वडा नम्बर १ बुधबारेले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
महिलातर्फ वडा नम्बर २ मुढेबासलाई उपाधि
त्यसैगरी महिलातर्फको फुटबल प्रतियोगितामा वडा नम्बर २ मुढेबासले उपाधि जितेको छ । फाइनलमा वडा नम्बर २ मुढेबासले वडा नम्बर ५ बोधेलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको वडा नम्बर २ मुढेबासले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता वडा नम्बर ५ बोधेले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
चौबिसे खेलकुद विकास समिति, धनकुटाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल ८ वडाका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा