News स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इटहरी । द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा यही माघ १३ गतेदेखि शुरु हुन गईरहेको स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ १३ गतेका दिन बि.टी. फुटबल क्लब र बेलबारी फुटबल क्लब भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २० गतेका दिन हुनेछ ।

कोशी प्रदेश खेलकुद बोर्ड, बिराटनगर संरक्षक रहेको प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिका, इटहरी, सुनसरीले गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई नगद पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जानकारी दियो ।

Post Comments