News प्रथम भि.एस. इन्टर स्कुल फुटसल शुक्रबारदेखि
गोलनेपाल

काठमाडौं । विद्यालयस्तरबाटै विद्यार्थीहरुको खेलस्तर बृद्धि गर्न तथा स्वस्थ मनोरञ्जनका लागि विश्व शिक्षा सदन स्कुल, काठमाडौं–७, चावहिल, मैजुबहालको आयोजनामा यही माघ १२ र १३ गतेका दिन प्रथम भि.एस. इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको विजेता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments