News बिर्तामोड युनाइटेड प्रथम एनआरएनए इलाम गोल्डकपको फाइनल
रमेश समदर्शी

उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा उक्लिएको हो । पाँचथरलाई ४-२ गोलअन्तरमा बिर्तामोडले पाखा लगायो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो । पाँचथरका लागि साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भएका थियो । बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक रोशन नेपालले रोकेका थिए । तर, एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीको प्रहार गोलमा परिणत भएपछि बिर्तामोडले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ ।

माघ १३ गते बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।बिर्तामोड युनाइटेड इलाम गोल्डकपको फाइनलमा इलाम । उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा उक्लिएको हो । पाँचथरलाई ४-२ गोलअन्तरमा बिर्तामोडले पाखा लगायो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो । पाँचथरका लागि साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भएका थियो । बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक प्रमिजयले रोकेका थिए । तर, एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीको प्रहार गोलमा परिणत भएपछि बिर्तामोडले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ ।

माघ १३ गते बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।

Post Comments