News गोदावरी र विश्व आदर्शलाई सफलता
गोलनेपाल

इटहरी । गोदावरी सेकेण्डरी स्कुल र विश्व आदर्श स्कुलले यहाँ जारी हिसान–एन्फा सुनसरी कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

इटहरी स्थित बुढासुब्बा फुटबल मैदानमा भएको खेलमा गोदावरीले पिस जोन सेकेण्डरी स्कुलमाथि ६–० को फराकिलो जित दर्ता गर्यो । गोदावरीका लागि प्रचण्ड दिप खुलालले ह्याट्रिक गरे भने युकेश श्रेष्ठले दुई तथा प्रतिक राईले थप एक गोल गरे । खेलमा गोदावरीका प्रचण्ड दिप खुलाल म्यान अफ द म्याच घोषित भए ।

जित हात पारेको गोदावरी भने बाई पाएर सोझै सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को खेलमा विश्व आदर्शले स्मल हेभेन स्कुललाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा विश्व आदर्शका सुशान्त बराइली म्यान अफ द म्याच घोषित भए । यो जितपछि विश्व आदर्श भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा शुरु प्रतियोगितामा कुल ११ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही माघ २२ गतेका दिन हुनेछ ।

Post Comments