News लकडाउनको समयमा चाइनाक्वार्टर फुटबल क्लब हेटौडाको खुल्ला रक्तदान
बिक्रम बानियाँ क्षेत्री

चाइनाक्वार्टर फुटबल क्लब हेटौडाले लकडाउनको समयमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

फिफा सहायक रेफ्री तथा मकवानपुर जिल्ला फुटबल संघको महासचिव युनाल मल्लको अध्यक्षतामा आईतबार रक्तदानको कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता रहेको क्लबका महासचिव मल्लले जनाएका छन् ।

कार्यक्रमबाट संकलित रगत हेटौडाको रेडक्रस सोसाईटीको ब्लड बैंकमा हस्तान्तरण गरिएको मल्लले जनाएका छन् ।

कोरोना महामारीका कारण रगतको अभाव हुन नदिन क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

Post Comments