News सहज जितका साथ झरना क्वाटरफाइनलमा
सुरज राना मगर

देवीनगर । झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ झरनाले अमुवा फुटबल क्लब, अमुवालाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको खेलमा झरनाका लागि रोहित सुनारले दुई गोल गरे । त्यस्तै रोशन थापा, रबिन थापा र अशोक सुनारले थप एक–एक गोल गरे । खेलमा झरनाका रोहित सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २० गते शनिबारको पहिलो क्वाटरफाइनल खेल जनज्योति क्लब, डिङ्गरनगर र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

 

Post Comments