News
नेपालको खराब शुरुवात

काठमाडौं । शुक्रबारदेखि शुरु भएको साफ यु–१९ महिला च्याम्पियनसिपमा गत संस्करणको उपविजेता नेपालले खराब शुरुवात गरेको छ । ढाकामा सम्पन्न भएको खेलमा नेपालले आयोजक तथा साविक विजेता बंगलादेशससँग १–३ को हार बेहोर्दै खराब शुरुवात गरेको हो ।
नेपालले आफ्नो आगामी खेल आइतबार भुटानसँग खेल्नेछ । त्यस्तै सोही दिन बंगलादेशले भारतको सामना गर्नेछ । स्मरण रहोस, शुक्रबार नै भएको उद्घाटन खेलमा भारतले भुटानमाथि १०–० को फराकिलो जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको थियो ।
दक्षिण एसियाका कुल चार टोलीहरु सहभागि प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । लिग चरणको खेलपश्चात् शिर्ष दुई टोलीहरु फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ८ तारीखका दिन हुनेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)