News पोखरा गोल्डकपः आर्मी र स्टारको उपाधि भिडन्त आज
उमेश पुन

पोखरा । २३औं आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि भिडन्तका लागि आज थ्रीस्टारले विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । पाँच पटकको आहा गोल्डकप विजेता थ्रीस्टारले इतिहास रच्ने दाउमा रहेको आर्मीको सामना गर्न लागेको हो । 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै आर्मीका प्रशिक्षक मेघराज केसीले फाइनल खेल निकै रोमाञ्चक हुने बताए ।आफु प्रशिक्षकको रुपमा रहँदै उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको सुनाए । उनले आर्मीलाई उपाधि जिताएर आहा राराको इतिहासमा नाम लेखाउने सुनाए । 

उता आर्मीका कप्तान कप्तान भरत खवासले फाइनल खेल निकै टफ हुने र त्यसका लागि आर्मी तयार रहेको सुनाए । उनका अनुसार आर्मीमा अनुभवी खेलाडीहरु रहेका छन् । जसले केहि फाइदा हुनेछ । त्यस्तै थ्रीस्टारको प्रशिक्षक विक्रम लामाले भने गुरुसँगै आफुपनि मैदान बाहिरबाट प्रतिस्पर्धा गर्न लागेको बताए । उनले मेघराज केसी आफ्नो गुरु रहेको र हिजो गुरुको निर्देशनमा रहेर खेल्ने गरेपनि आज गुरुसँगै प्रतिस्पर्धा गर्न पाउनु भाग्यको कुरा रहेको सुनाए । थ्रीस्टारका कप्तान विराज महर्जनले आर्मी बलियो टिम भएको र थ्रीस्टार युवा खेलाडीहरुको टिम भएको प्रतिक्रिया दिए । 

 
Post Comments