News फ्रेन्च लिगमा साबित्राको डेब्यु
गोलनेपाल

काठमाडौं । भर्खरै मात्रै फ्रान्सको चर्चित शिर्ष डिभिजन लिग खेल्ने क्लब एन एवान्ट गुइनग्याम्पमा आवद्ध भएकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो नयाँ क्लबका लागि डेब्यु गरेकी छिन् ।

शनिबार गुइनग्याम्पले खेलेको लिगको १३औं खेलमा साबित्राले डेब्यु गरिन् । बोर्डो विरुद्ध उसकै घरेलु मैदानमा भएको खेलमा गुइनग्याम्पको पहिलो रोजाईमा नपरे तापनि साबित्राले खेलको ७६औं मिनटमा मैदान प्रवेश गरेकी थिईन् ।

यद्यपि उक्त खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । स्मरण रहोस, साबित्राले टोलीमा २८ नम्बर जर्सी पाएकी छिन् । यो नतिजापछि १३ खेलबाट ९ अंक जोडेको गुइनग्याम्प रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १०औं स्थान मै यथावत छ ।

उता बोर्डक्स भने ६ अंकका साथ १२औं सनमा रहँदै पुछारमा छ । शिर्ष स्थानमा भने लियो रहेको छ । गुइनग्याम्पले आफ्नो आगामी खेल आउँदो शनिबार फुलुरी विरुद्ध खेल्नेछ ।

Post Comments