News दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल हुने (खेलतालिकासहित)
गोपाल काफ्ले

पथरी । दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० हुने भएको छ । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । माघ २६ देखि फागुन ५ गते सम्म प्रतियोगिता संचालन हुने जागृती युवा क्लबले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा एपिएफ पकली, रारा एफसी धनकुटा, पथरी ११, प्रदेश प्रहरी फुटवल क्लब रानी, ध्रुवतारा क्लब झापा, गाइघाट फुटवल क्लब उदयपुर, धरान फुटवल क्लव सुनसरी र आयोजक डाँगिहाट जागृती फुटवल क्लब बेलबारीको सहभागिता रहने खेल संयोजक मिनकुमार राई अशोकले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय र बिधागत रुपमा उत्कृृष्ट कोच, उत्कृृष्ट मिडफिल्डर, उत्कृृष्ट किपर, उत्कृृष्ट डिफेन्स, उत्कृृष्ट फरर्वाड र सर्बाधिक गोलकर्ता लाई जनहि पाँच हजारर र उदयमान खेलाडीलाई नगद सात हजार पुरस्कारले पुरस्कृत गरिने क्लवका सचिव आशिश कार्कीले जानकारी दिए ।

प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक आर्जु राईस मिल र सह प्रयोजक बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुमुखी कृर्षी फार्म र दोस्रो पुरस्कार डाँगीहाट जापान मैत्रि समाजले सहयोग गरेको छ । प्रतियोगिताका लागि स्थानीय सागर कुवरले २१ हजार बरावरको जर्सी, ट्र्याक र खेल सामाग्री प्रदान गर्नु भएको छ ।

पहिलो प्रतियोगिता २०७७ मा आयोजना भएको र सो प्रतियोगितामा पथरी ११ फुटबल क्लब बिजेता बनेको थियो । अघिल्लो संस्करणको बिजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार ट्रफी हात पारेको थियो । फुटवल खेलद्धारा समाजमा सकरात्मक कार्य गर्दै आएको जागृती युवा क्लबले उत्त प्रतियोगिता आउदा बर्षमा नियमीत संचालन गर्ने क्लवका अध्यक्ष प्रभुराम अधिकारीले बताए । प्रतियोगिता गोलनेपाल डट कमबाट नियमित लाइभ प्रसारण हुने छ ।

Post Comments