News सुदिपलाई गृहजिल्लामा फ्युजनको सम्मान
गोलनेपाल

त्रियुगा । स्थानीय फुटबल हुँदै शिर्ष डिभिजन र चर्चित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा पनि आफूलाई अभ्यस्त बनाउन सफल भएका युवा खेलाडी सुदिप श्रेष्ठलाई गृहजिल्ला उदयपुरमा सम्मान गरिएको छ ।

त्रियुगा नगरपालिका–१०, बोक्से, उदयपुर निवासी सुदिपलाई उनकै पूर्व क्लब फ्युजन फुटबल क्लब, त्रियुगा नगरपालिका–१०, उदयपुरले सम्मान गरेको हो । फ्युजन एफसीका अध्यक्ष ज्ञानेन्द्र मगरले सुदिपलाई क्लब, वडा र समग्र जिल्ला कै नाम राख्न सफल भएकोमा प्रशंसापत्र सहित सम्मान गरिएको बताए ।

साथै अध्यक्ष मगरले सुदिपको फुटबल करियरले अझै फड्को मार्न सकोस भनि शुभकामना पनि दिए । स्मरण रहोस, शिर्ष फुटबलमा पुग्नु अघि सुदिपले फ्युजन एफसी कै कप्तानी समेत गरेका थिए । पछिल्लो समय उनले हिमालयन शेर्पा क्लबका लागि ए डिभिजन लिग र झापा फुटबल क्लबका लागि नेपाल सुपर लिग पनि खेलेका थिए ।

Post Comments