
हेटौडा । उत्कृष्ट जित हात पार्दै विभागीय टोली एपिएफ फुटबल क्लब यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एपिएफले थ्रीस्टार क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । गौरीटार रंगशालामा भएको खेलमा एपिएफका एनिसेट, प्रदिप लामा, सोङ र अनिष महर्जनले गोल गरे ।
खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । एपिएफले अब माघ २५ गते हुने दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत माघ २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल रारा एफसी, धनकुटा र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा