News अष्ट्रेलिया पुगेका सिमान्त, सेसेहाङ, अनिष र आशिषले युनाइटेडका लागि खेल्ने
गोलनेपाल

काठमाडौं । केही दिन अघि मात्र नेपाल छाड्दै अष्ट्रेलिया पुगेका चार राष्ट्रिय खेलाडीहरु सिमान्त थापा, सेसेहाङ आङदेम्बे, अनिष देउला र आशिष चौधरीले मेलबर्नमा रहेको नपाली कम्युनिटी क्लब युनाइटेड एफसीबाट खेल्ने भएका छन् ।

क्लबले यी चारै खेलाडीहरुलाई स्वागतसँगै आफूहरुले अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएको छ । यी चार खेलाडीहरुको आगमनले क्लबको क्षमता, प्रदर्शन र स्तर बृद्धिमा थप सहयोग पुग्ने विश्वास क्लबले लिएको छ ।

स्मरण रहोस, हाल नेपालको राष्ट्रिय स्तरमा खेलिसकेका ५० भन्दा बढी खेलाडीहरु अष्ट्रेलिया पलायन भईसकेका छन् । साथै उनीहरुले त्यहीको विभिन्न नेपाली कम्युनिटी फुटबल क्लबबाट फुटबल समेत खेलिरहेका छन् ।

Post Comments