News
एन्फाद्वारा खेलाडीहरुको कोभिड बिमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोभिड बिमा ब्यहोर्ने भएको छ ।
एन्फाको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सो निर्णयअनुसार एन्फाले पुरुषतर्फ ७० तथा महिलातर्फ ३५ खेलाडीहरुको बिमा खर्च ब्यहोर्ने भएको हो ।
यद्यपि एन्फाले उक्त बिमाको रकमबारे भने केही खुलाएको छैन । स्मरण रहोस, कोरोना भाइरस महामारीका कारण अहिले विश्व जगत नै आक्रान्त छ । जसका कारण नेपाल फुटबल पनि पछिल्ला तीन महिनादेखि ठप्प छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न