काठमाडौं । यही माघ २७ गते शनिबारका दिन चीनको चिङ्घाई फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिसले २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
नेपाली टोलीमा राष्ट्रिय फुटबल टोली मै स्थान बनाईसकेका लाकेन लिम्बु, आयुष घलान, मनिष डाँगी जस्ता खेलाडीहरु पनि सामेल छन् । स्मरण रहोस, नेपालसँगको मैत्रीपूर्ण फुटबल म्याचका लागि चिनिया टोली बुधबार नै नेपाल आईसकेको छ ।
चिनीया नयाँ वर्षको अवसरपारी चिनिया राजदुतावास नेपाल, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद ९राखेप० को संयुक्त आयोजनामा हुन गईरहेको मैत्रीपूर्ण खेलको टिकट मुल्य सामान्यतर्फ ३०० र भिआईपीतर्फ ५०० तोकिएको छ ।
नेपालको फाइनल स्क्वाडः
पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सन्जिव बिष्ट, लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, बिशाल सुनार, कुशल देउबा, सुमित श्रेष्ठ, आयुष घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी, अन्जल महर्जन
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न